८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आमाले विवाह गर्न नमानेपछि अपहरित नाबालिकाको सकुशल उद्धार



बुटवल ।
आमाले विवाह गर्न नमानेपछि रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी नाबाालिकाको प्रहरीले उद्धार गरेको छ । पर्सा वीरगञ्जका जयराम दासको अपहरणमा परेकी नावालिकाको प्रहरीले बुटवलको एक होटेलबाट उद्धार गरेको छ ।
प्रहरीका अनुसार दासले रुपन्देही तिलोत्तमाकी एक महिलालाई विवाह प्रस्ताव गरेकोमा महिलाले प्रस्ताव अस्वीकार गरेपछि उनकी छोरी अपहरण गरेको प्रहरीले जनाएको छ । ९ गते अपहरित भएकी नावालिकालाई प्रहरीले बुधबार बिहान उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ९ गते साझ अन्दाजी ८ बजेको समयमा तिलोतमा नगरपालिका बाट ६ वर्षकी बालिका वीरगञ्ज २७ घर भएको बर्ष ३८ को जयराम दासले अपहरण गरेका थिए ।
जयराम दासले बिगत नौ महिनादेखि तिलोत्तमा रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएकोमा पीडितको आमासँग चिनजान भएको थियो ।
दासले महिलालाई बिवाहको प्रस्ताब राखेकोमा निजले नमाने पछि नाबालिकाको अपहरण गरेको प्रहरीले जनाएको छ । घरमा श्रीमान् नभएको र आमा र छोरी मात्र घरमा भएको अबस्थामा जवरजस्ती अपहरण गरी लगेको खबर प्रहरीले प्राप्त गरेपछि खोजी तीव्र पार्ने क्रममा नाबालिका फेला पारेको प्रहरीले जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा अपहरित नाबालिका फेला पारी उद्धार गरिएको प्रहरीले जनाएको छ । अपहरणकर्ता दासलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७६ बुधबार ००:००  १ : ०६ बजे