काठमाण्डौ ।
लगातार आकाशिएको सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँ घटेको हो । त्यस्तै बुधबार तेजावी सुन तोलको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
११ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया