एजेन्सी ।
साबिक विजेता क्यामरुनले अफ्रिका कप अफ नेशनमा विजयी सुरुवात गरेको छ । समूह एफ मा रहेको क्यामरुनले समूह चरण अन्तर्गतको आफ्नो पहिलो खेलमा मंगलबार राति गिनी–बिसाउलाई २–० ले पराजित गर्दै उपाधि रक्षाको यात्रा जितका साथ सुरु गरेको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा क्यामरुनले दुवै गोल दोस्रो हाफमा गरेको हो । उसले तीन मिनेट भित्रमा दुई गोल गरेको हो ।
क्यामरुनका लागि ६६ औँ मिनेटमा याया बनानाले गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसको तीन मिनेटपछि ६९ औँ मिनेटमा स्टेफन बाहोकेनले गोल गरेपछि क्यामरुनले २–० को जित निश्चित गरेको हो ।
यस्तै समूह एफ अन्तर्गतकै खेलमा घाना र बेनिनले भने २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । बेनिनका लागि दुवै गोल मिकाएल पोटेले गरे । उनले दोस्रो र ६३ औँ मिनेटमा गोल गरेका हुन् ।
घानाका लागि नवौँ मिनेटमा एन्ड्रयु आयुले गोल गरे । ४२ औँ मिनेटमा उनका भाइ जोर्डन आयुले गोल गरेका हुन् । ५४ औँ मिनेटमा बोयीले दोहोरो पहेँलो कार्ड खाएर मैदानबाट बाहिरिएपछि घाना १० खेलाडीमा सीमित भएको थियो ।
११ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया