८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आ–आफ्नै तालमा ओली–प्रचण्ड



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीसंग आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।
पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको आलोपालो नेतृत्व गर्ने र पार्टीको कार्यदिशाका बारेमा भएको सहमतिलाई लिएर शीर्ष तहमा नै आशंका बढेको छ । अध्यक्ष प्रचण्डले आलोपालो गर्ने सहमति भएको र कार्यान्वयन हुने अभिव्यक्ति दिएपछि पार्टी्िभत्र राजनीतिकरूपमा तरङ्ग ल्याएको थियो ।
पार्टीका नेताहरूको कार्यविभाजन, जनसंगठनको एकीकरण, स्थानीय तहको एकताको विषय टुंगो लाग्न नसकेर सचिवालयको बैठक लम्बिँदै आएको छ । कार्यविभाजन पनि गुटगत स्वार्थका कारण लम्बिँदै आएको छ ।
पार्टी एकीकरण भएको तीन महिनामा सबै एकताको काम सम्पन्न गरे पनि १३ महिना बितिसक्दासमेत पूर्णता पाउन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : ११ असार २०७६ बुधबार ००:००  ८ : २२ बजे