काठमाडौँ ।
देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले मञ्जु बासीले बताएकी छन् ।
पूर्व र मध्य क्षेत्रमा मनसुन सक्रिय छ भने पश्चिमका क्षेत्रमा अझै पनि पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन पुगे पनि सक्रिय हुन सकेको छैन । अबका केही दिनमा बिस्तारै पानी पर्ने क्रम बढ्दै जाने मौसमविद बासीले बताएकी छन् ।
यस्तै देशका विभिन्न स्थानमा बुधबार पनि चट्याङ्ग पर्न सक्ने मौसमविदले बताएका छन् । देशका पश्चिम र मध्य क्षेत्रमा चट्याङ्ग पर्ने सम्भावना बढी रहेकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् । पूर्वका क्षेत्रमा पनि चट्याङ्गको सम्भावना रहेको छ ।
११ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया