८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रुपन्देहीमा साँझ परेको चट्याङको कारण तीन जनाको मृत्यु



रुपन्देही ।
रुपन्देहीमा चट्याङ लागेर मंगलबार साँझ तीन जनाको ज्यान गएको छ । यसरी ज्यान जानेहरुमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक रहेको प्रहरीले जनाएको छ ।
घरखेतमा काम गरिरहेको बेला साँझ एक्कासी चट्याङ परेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चट्याङ लागेर गम्भिर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका वडा नम्वर २ की १४ बर्षिय ममता साहनीको क्रिमशन अस्पतालमा र सियारी गाउपालिका वडा नम्वर ७ का ११ वर्षिय गौतम मल्लाह र १५ बर्षिय भोला मल्लाहको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  ९ : ४४ बजे