८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चट्याङ लागेर दाङमा तीन बालकको ज्यान गयो, एक जना गम्भिर



दाङ ।
दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका ३ मौरीघाट निवासी ११ वर्षीय रमित चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो ।
साथै सोही रुखमा चढेका विनासका भाइ ८ वर्षीय अविनास चौाधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  ९ : ३९ बजे