महाराजगञ्ज ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाले आव ०७६÷०७७ का लागि ८५ करोड २३ लाख ४७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको पाचौं नगरसभामा नगर प्रमुख अब्दुल कलामले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमा कृषि विकास तर्फ रु.४० लाख, पशु विकास तर्फ रु.१६ लाख ५० हजार, पर्यटन विकास तर्फ रु.७८ लाख, सामाजिक विकास तर्फ शिक्षा तर्फ रु.१ करोड ८६ लाख ७६ हजार, स्वास्थ्य तर्फ रु.३ करोड २२ लाख ९४ हजार, खानेपानी तथा सरसफाई तर्फ रु.१ करोड १ लाख, खेलकुद तथा मनोरन्जन तर्फ रु. १० लाख विनियोजन गरिएको छ ।
त्यस्तै सामाजिक विकास अन्तरगत लैगिक समानता तथा सामाजिक समावेशिकरण तर्फ रु.२६ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता तर्फ रु.९ करोड, वहुक्षेत्रिय पोषण तर्फ रु.१८ लाख ८७ हजार विनियोजन गरिएको हो ।
पूर्वाधार विकास तर्फ वहुवर्षे योजनाहरुको लागि रु १० करोड २४ लाख, नगर स्तरिय पूर्वाधार विकास तर्फ रु.५ करोड ६५ लाख, संचार पूर्वाधार तर्फ रु.१० लाख, वैकल्पीक उर्जा तर्फ रु.१० लाख, सार्वजनिक सडक मर्मत सम्भार तर्फ रु.१ करोड, सार्वजनिक निर्माण तर्फ रु.१ करोड, सिंचाई तर्फ रु.२ करोड ६५ लाख रकम विनियोजन गरिएको हो ।
वन, वातावरण तथा विपत व्यवस्थापन तर्फ कुल विनियोजित वजेट रु.१७ लाख, सूशासन तथा संस्थागत विकास तर्फ कुल विनियोजित रु.१ करोड ८४ लाख, वडा स्तरको योजना तथा कार्यक्रमहरु संचालन गर्न प्रति वडा रु.७५ लाखको दरले कुल जम्मा रु.८ करोड २५ लाख विनियोजन गरिएको छ ।
१० असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया