८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपालगन्ज उपमहानगरपालिकामा २ अर्ब २८ करोडको बजेट पेश



नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाले आज आर्थिक वर्ष २०७६÷७७ का लागि मंगलबार नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरेको छ ।
दुई अर्ब २८ करोड ८५ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट उपमेयर उमा थापा मगरले नगरसभामा प्रस्तुत गर्नुभएको हो । २३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा नीति तथा कार्यक्रममा धेरैजसो पुरानै प्राथमिकताका क्षेत्र समेटिएका छन् ।
विगतमा जस्तै भौतिक पूर्वाधार विकास, सामाजीक विकास, आर्थिक, स्वास्थ्य, शिक्षा तथा खेलकुद, संस्कृति तथा पर्यटन, सुचना तथा प्रविधि, विपद व्यवस्थापन तथा वातावरण संरक्षण, सुशासन र व्यवस्थित शहरी विकासलाई निति तथा कार्यक्रममा समावेस गरीएको मेयर डा. धवल शम्शेर राणाले बताएका छन् ।
भौतिक पूर्वाधारतर्फ नगरविकास समिति र उपमहानगरपालीकाका समन्वयमा रीङ रोड निर्माण कार्यलाई अगाडि वढाइने भएको छ । त्यस्तै, महेन्द्र पार्क धम्वोझीस्थीत वाटरपार्क, वसुदेवपुरको फुटाताल लगायत निर्माणमा तिव्रता दिइने मेयर राणाले बताए । वडा नं १४ मा ७०० जना अट्न सक्ने क्षमता भएको निर्माणाधीन सभाहल सम्पन्न गरी हाल रहेको नगर भवनमा सपिङ कम्पेलेक्स वनाइने छ ।
नगरमा सडक तथा नाला निर्माण सम्पन्न भएको र बाँकी काम आगामी वर्ष हुने छ । पहिलेको भन्दा थप सुधार भएर आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको मेयर राणाको दाबी छ । उपमहानगरमा चालु आर्थिक वर्षमा २ अर्व ४७ करोड९५ लाख ४७ हजार रुपैया विनियोजन गरीएकोमा चालुतर्फ ५३.०८ प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ ४५.६१ प्रतिशत वजेट खर्च भएको छ भने वित्तिय व्यवस्थातर्फ १.३१ प्रतिशत खर्च भएको छ ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  ६ : १२ बजे