नवलपरासी ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्द्नियाले चढ्दै आएको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् ।
लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । आजगनीबाट गाडीको पछाडिको भाग सामान्य जलेको छ । प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ । यही आधारमा प्रहरीले आगजनीमा विप्लव समूह संलग्न रहेको अनुमान गरेको छ ।
क्षति भएको गाडी नियन्त्रणमा लिएर यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१० असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया