मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले नगर सभा बहिस्कार गर्नुभएको छ । केही दिन अगाडिको कार्यापालिका समेत बहिस्कार गर्नुभएकी गुप्ताले मंगलबारको नगर सभा बहिस्कार गर्नुभएको हो । मंगलबार असार १० । जसरी भएपनि स्थानीय सरकारले आफ्नो सभा गर्नुपर्ने हुन्छ । सोही अनुरुप तौलिहवामा अवस्थित कपिलवस्तु नगरपालिकाले पनि नगर सभा आयोजना गरेको थियो । तर, उपप्रुमखले नगर सभा बहिस्कार गर्नुभएको हो ।
बार्षिक नीती तथा कार्यक्रम पेस गर्ने कार्यक्रम आफुले बहिस्कार गरेको उहाँले बताउनुभयो । नगर प्रमुख किरण सिंह निरङ्कुश बन्दै गइरहेको र एकलौटी गर्न खोजेको कारण आफुले बहिस्कार गरेको उहाँले बताउनुभयो । उप प्रमुखले पाएको अधिकार समेत मेयर सिंहले खोजेको, एकलौटी तरिकाले बजेट ल्याउन खोजेको, कुनै सल्लाह नगरेको, महिलाका क्षेत्रका बजेट पनि आफ्नै तरिकाले वितरण गरेको कारण आफुले यसमा विमती राख्दै बैठक बहिस्कार गरेको बताउनुभयो । मेयरको कार्यशैली नसुध्रिएसम्म आफुले काम गर्न नसक्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया