काठमाण्डौ ।
वैशाखको २० गते देखि प्रर्दशन भएको फिल्म ‘दाल भात तरकारी’ले ३ हलमा ५१ औं दिन पार गरेको छ । यहि अवसरमा फिल्म युनिटले सेलिब्रेशन कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नायक भुवन केसी, करिश्मा मानन्धर, निर्देशक प्रदिप भट्टराई लगायत फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
फिल्म युनिटले प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण गरेको छन् । साथै फिल्मकी नायिका आँचल शर्मालाई आइफोनको पछिल्लो भर्सन उपहार दिइयो । फिल्मका निर्माता किरण केसीले आँचलले फिल्मले ५१ दिन मनायो भने आफुलाई केहि उपहार चाहिन्छ भनेको हुँदा उपहार दिएको बताए । यो फिल्मले ६ करोड ग्रस कलेक्सन गरेको छ ।
सुदन केसीको निर्देशन गरेको फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल लगायत कलाकारको अभिनय रहेको छ ।
१० असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया