८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वाणगंगाको नीति तथा कार्यक्रम : ‘भान्सामा औषधालय देखि घरमा प्रसुती शुन्यसम्म’



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको पाचौं नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालद्धारा प्रस्तुत नीती तथा कार्यक्रममा विगतका अपुरा कार्यक्रमलाई निरन्तरता देखि केही नयाँ कार्यक्रम समावेश छन् । विभिन्न शिर्षकमा गरी १ सय बुँदामा समावेश नीति तथा कार्यक्रममा भान्सामा औषधालय भन्ने नारालाई अवलम्बन गरी स्वस्थ्य परिवार निर्माण गर्दै लगिने समावेश छ । बढ्दो विषाधीको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको बेला नगरले आफ्नो नीती तथा कार्यक्रम मार्फत स्वस्थ्य परिवार बनाउने लक्ष्य लिएको छ ।
यस्तै नगरले जिरो होम डेलिभरी (घरमा प्रसुती शुन्य) बनाउने भएको छ । बार्षिक नीति तथा कार्यक्रममा नगर उप्रमुख अर्यालले यो अभियानको बारेमा जानकारी दिनुभएको हो । यस्तै नगरपालिकाको बृहत्तर पूर्वाधार तथा आर्थिक विकासका लागि निर्माणको अन्तिम चरणमा रहेको एकिकृत शहरी विकास गुरु योजना पूर्ण रुपमा कार्यान्वय गरिने भएको छ ।
नगरभित्र सञ्चालनमा भैरहेका ठूला आयोजनालाई निरन्तरता दिदै थप योजना निर्माणका लागि प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने पनि नीती तथा कार्यक्रममा उल्लेख छ ।
खानेपानीको शुद्धता जाँच गर्न प्रयोगशाला स्थापनाको लागि पहल गरिने छ । नगरको मुख्य बजारक्षेत्रमा सडक बत्ति तथा सीसि क्यामेरा जडान गरिने भएको छ । निर्माण भएका पूर्वाधारका योजनाहरुको नियमित मर्मत सम्भार गरी दिगो बनाउने पनि प्रस्तुत नीति र कार्यक्रममा उल्लेख छ ।
नगरपालिका क्षेत्रभित्र कृषि अनुसन्धान केन्द्र निर्माणको लागि पहल गरिने देखि मह, फलफूल, दुग्ध तथा मासुजन्य उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गरिने पनि नीती तथा कार्यक्रममा उल्लेख छ ।
पाचौं नगरसभामा लिएका नीतितथा कार्यक्रम अनुसार आव ०७६÷०७७ को बजेटमा उल्लेख गरिने नगर प्रमुख मंगल प्रसाद थारुले प्रतिबद्धता जनाउनुभएको छ । मंगलबार प्रस्तुत भएका नीति तथा कार्यक्रम अनुसार असार १७ गते बजेट आउने पनि सभामा थारुले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  १२ : २१ बजे