८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ



काठमाण्डौ ।
नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् ।
विप्लव समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  ९ : ५३ बजे