मायादेवी अनलाइन, शिवगढी ।
सरकारद्धारा प्रतिबन्धित पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दको गतिविधि प्रति जिल्ला प्रशासन कार्यालय कपिलवस्तु सशंकित भएको छ । प्रकाशले यही असार ७ र ८ गते शिवगढीमा दुई दिने स्वास्थ्य शिविर चलाएका थिए । उक्त शिविर सञ्चालन हुँदा समेत प्रशासन कार्यालयलाई कुनै जानकारी नभएको विशेष स्रोतले बताएको छ ।
विशेष स्रोतले मायादेवी अनलाइनसंग भन्यो, ‘स्वास्थ्य शिविर चलाउनु राम्रो कुरा हो तर, अहिलेकै परिवेशमा विप्लवका छोराले यो कार्यक्रम राख्नु राम्रो मानिदैन् ।’ शिवगढीमा यसभन्दा अगाडी प्रहरीले सर्च अप्रेशन गरेको थियो । सर्च अप्रेशनको बेला विप्लवका स्थानीय प्रभावशाली नेता दुर्गा बहादु रोकालाई पक्राउ गरेको थियो भने उनको साथबाट केही हतियार समेत बरामद गरिएको प्रहरीको दाबी छ ।
विप्लवको घर शिवगढीमा सुरक्षाकर्मीको सर्च अपरेशन, स्थानीयद्धारा प्रतिकार
यस्तै शिवगढीमै नेकपा निकट क्रातिकारी शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रामनिवास प्रसाद चौहान सहितका केही नेतालाई चैत्र दोस्रो हप्ता नियन्त्रणमा लिएको थियो । बेला बेला सुरक्षाकर्मी र विप्लव कार्यकर्ताबीच शिवगढीमा घम्साघम्सी समेत हुँदै आएको थियो ।
‘मिनी रोल्पा’का रुपमा चिनिने शिवगढी एक महिना सम्म शान्त जस्तै थियो । तर, एकाएक असार ७ र ८ गते विप्लवका छोरा प्रकाशले बृहत स्वास्थ्य शिविर आयोजना गरेपछि स्थानीय प्रशासन सशंकित बनेको हो ।
शिवगढीमा रातभर सुरक्षाकर्मीको ‘सर्च अप्रेशन’
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहलाई पत्र पठाउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न पक्षबाट प्राप्त गुनासो एंव शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यस जिल्लाका तथा अन्य जिल्लाका विभिन्न संघ संस्थाहरुले आफ्नो नियमित काम बाहेकका आइडल, प्रतियोगीता, घुम्ती शिविर, मेला महोत्सव, सांस्कृतीक कार्यक्रम, स्वास्थ्य शिविर लगायतका गतिविधि तथा क्रियाकलाप गर्नुपूर्व जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्किृत लिएर मात्र गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सुचना जारी गरिन्छ ।’
जिल्लाका १० ओटै स्थानीय तहलाई पठाएको यो पत्रले हालै शिवगढीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरलाई इंकित गर्ने स्रोतको दाबी छ । यो शिविर आयोजना हुँदा स्थानीय सरकारका रुपमा रहेको शिवराज नगरपालिकालाई पनि कुनै जानकारी थिएन् । यस्तै प्रशासन कार्यालयलाई पनि औपचारिक जानकारी नभएको बताइएको छ । यद्यपि कार्यक्रम विप्लवका छोरा प्रकाश चन्दले गर्दै छन् भन्ने आधिकारिक जानकारी नभए पनि शिविर हुँदै छ भन्ने समाचार मायादेवी अनलाइनले प्रकाशित गरेको थियो ।
शिवगढीको भगवानपुरमा बृहत स्वास्थ्य शिविर हुँदै
स्वास्थ्य शिविर आयोजना गर्नुको मुख्य उद्देश्य जनतालाई एक आपसमा मेलमिलाप गर्दै भाइचारको सम्बन्ध स्थापित गर्नुको आशय थियो । सरकार प्रति नागरिक टाढिन लागेको अवस्थामा स्वास्थ्य शिविर आयोजना गरेर नागरिकबीच सम्बन्ध स्थापित गर्नु नै शिविरको उद्धेश्य रहेको आयोजकको दाबी थियो । शिविरको आयोजना सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुले गरेको हो ।
किन चलाए विप्लवका छोरा प्रकाशले शिवगढीमा स्वास्थ्य शिविर ?
प्रतिक्रिया