मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले ९० करोड बराबरको बजेट ल्याउने भएको छ । असार १० गते बुधबार नगरपालिकाले आव ०७६÷०७७ को नीती, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै छ । बुधबार विहान रेडियो मायोदवीको कार्यक्रम जनप्रतिनिधिसंग कुराकानी गर्दै नगरपालिकाका नगर प्रबक्ता विष्णु पौडेलले नगरपालिकाले झण्डै ९० करोडको बजेट आउँने जानकारी दिनुभयो ।
बजेटले भौतिक विकासलाई नै बढी जोड दिएको पौडेलले बताउनुभयो । नगरबासीको माग नै बाटोघाटो नै भएकाले आव ०७६÷०७७ मा पनि भौतिक विकासलाई नै जोड दिइएको उहाँले बताउनुभयो । समग्र बजेटको ६३ प्रतिशत बजेट भौतिक विकासमा छुट्टाइएको उहाँले बताउनुभयो ।
यस्तै बुधबार प्रस्तुत हुने नीति तथा कार्यक्रममा जेष्ठ नागरिक तथा अशक्तलाई घरघरमा पुगेर महिनाको दुई पटक स्वास्थ्य चेकजाँच गर्ने देखि प्रत्येक वडामा कृषिको पकेट क्षेत्र घोषणा गर्ने छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण बनाउन कृषिलाई नीती, कार्यक्रमले बढी जोड दिएको छ ।
यस्तै विद्यालयको पढाईलाई सुधार गर्नका लागि नमुना विद्यालय छनौट गर्ने नीती, कार्यक्रममा उल्लेख छ । विकास निर्माणमा जनताको लागत सहभागी बढाउनका लागि विभिन्न प्रयासहरु थालनी गरिने पनि नीती, कार्यक्रममा उल्लेख छ ।
(अरु सुन्नुहोस पूरा अन्तर्वार्ता)
प्रतिक्रिया