८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अफगानिस्तानविरुद्ध बंगलादेशको सनसनीपूर्ण जित, शकिवको ५ विकेट, ५१ रन



एजेन्सी ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले जित हात पारेको छ । सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पारजित गर्दै बंगलादेशले सहज जित हात पारेको हो । रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७ ओभरमा अल आउट हुँदै मात्र २०० रन बनायो । अफगानिस्तानका लागि शामी उल्लाह शिनवारीले अविजित ४९ रनको योगदान गरे । त्यस्तै कप्तान गुल्बादीन नाइबले ४७ रन जोड्दा रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाए ।
बलिङतर्फ बंगलादेशका लागि शाकिब अल हसनले सर्वा्धिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले २९ रन खर्चेर एक मेडन ओभर पनि फाले । त्यस्तै मुस्ताफिजुर रहमानले दुई विकेट लिँदा मोहम्मद सैफुदीन र मोसद्देक हुसैनले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धा्रित ५० ओभ खेल्दै ६ विकेटको क्षतिमा २६२ रन बनाएको छ । बंगलादेशका लागि मुश्फिकर रहिमले अर्धशतकीय पारी खेले । ८७ बल खेलेका उनले ४ चौका र १ छक्काको सहयोगमा ८३ रनको बनाए ।

यस्तै साकिब अल हसनले पनि अर्धशतकीय पारी खेल्ने क्रममा टिमका लागि ५१ रनको योगदान गरे । हसनको यो एकदिवसीय क्रिकेटमा ४५ औँ अर्धशतक हो । उनले मंगलबार ६६ बलमा एक चौकाको मद्दतमा अर्धशतक पूरा गरे । यो सँगै उनले विश्वकपमा एक हजार रनसमेत बनाउन सफल भएका छन ।
प्रतियोगिता अन्तर्गत मंगलबार महत्वपूर्ण खेल हुँदै छन । मंगलबारको खेलमा उपाधि दाबेदार २ टोली आयोजक इङल्याण्ड र अष्ट्रेलिया एक आपसमा भीँड्ने छन् ।

प्रकाशित मिति : १० असार २०७६ मंगलबार ००:००  ६ : ०१ बजे