८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुद्धभूमिमा महिला स्वास्थ्य स्वय्मसेवीलाई साम्रगी वितरण



मणि प्रसाद गैह्रे, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिका क्षेत्र भित्र कार्यरत महिला स्वास्थ्य स्वय्मसेवीकालाई विभिन्न साम्रगी वितरण गरेको छ । प्रत्येक वडामा कार्यरत महिला स्वास्थ्य स्वय्मसेवीलाई गाउँघरमा सेवा दिनको लागि सहजता होस भनेर झोला, टर्च लाइट, छाता लगायतका साम्रगी वितरण गरिएको छ ।
नगरपालिका भित्रका १ सय ४२ महिला स्वास्थ्य स्वय्मसेवीलाई उक्त साम्रगी वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए । महिला स्वास्थ्य स्वय्मसेवीलाई राज्यले उचित सम्मान तथा पारिश्रमीक दिन नसकेपनि सानो सहयोग र सेवा नै धर्म हो भन्ने मर्मको उच्च मुल्याकंन नगरपालिकाले गरेको पाध्याको भनाइ छ ।
नगरपालिकामा यस वर्षबाट एम्वुलेन्स सेवा समेत उपलब्ध गराइएको छ । सुत्केरी तथा गर्भवतीको लागि जिल्ला भरको स्वास्थ्य सेवामा उपचार गराउदा निःशुल्क एम्वुलेन्स सेवा दिएको स्वास्थ्य संयोजक डोल विक्रम बेल्वासेले बताए । गत साल सबै नगरका महिला स्वास्थ्य स्वय्मसेवीलाई सिम कार्ड र मोवाइल खरिद गरि वितरण गरिएको समेत बेल्वासेले बताए ।
कार्यक्रममा प्रशासकीय अधिकृत राजन कुमार पोख्रेल, वडा नं ४ का अध्यक्ष पवन कुमार थारु, बुढ्डी स्वास्थ्य चौकी इन्चार्ज शिला खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्यकर्मी गाोकर्ण अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
आर्थिक वर्ष २०७६।७७ मा महिला स्वास्थ स्वय्मसेवीलाई पोत्साहन स्वरुप केही रकमको व्यवस्था गरिने सो अवसरमा वडा अध्यक्ष पवन कुमार थारुले बताए ।

प्रकाशित मिति : ९ असार २०७६ सोमबार ००:००  ९ : ५८ बजे