८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मायादेवीमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ



थानेश्वर अधिकारी, कपिलवस्तु ।
देशभरी प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भैरहेको बेला मायादेवी गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको आज शुभारम्भ भएको छ । मायादेवी गाउँपालिका वडा नं. ७ बनकसियामा पानी संरक्षणको लागि पोखरी मर्मत कार्य गरि शुभारम्भ गरिएको छ । गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी र वडा अध्यक्ष जनार्दन प्रसाद कुर्मीले पोखरीमा कोदालोले खनेर संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी प्रदान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ४ सय जना बेरोजगारले एक महिनाको अवधीसम्म काम गर्न पाउनेछन् ।
प्रत्येक कामदारको दैनिक ५१७ रुपैयाँ ज्याला रहेको रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताउनु भएको छ । युवाहरुले मायादेवी गाउँपालिकाको मन्दिर परिसर, मैदान, कुलो, नाली, पोखरी क्षेत्रमा रही काम गर्नेछन् । यो कार्यक्रमले मुलुकको आवश्यकतामा रोजगारी सिर्जना गर्दै विगतमा वैदेशिक रोजगारका नाममा वाहिरिदै आएका नेपाली श्रमिकलाई स्वदेशमै रोजगार दिने काम सरकारले गरेको र राष्ट्रबाट ठूलो मात्रामा विदेशिने रकमलाई रोक्न समेत यसकार्यक्रमले सहयोग पु¥याउने, साथै आएको बजेटको २५ प्रतिशत रकमको आवश्यक साम्रग्री खरिद गरिएको र बाँकी रकम ज्याला स्वरुप श्रमिकहरुलाई प्रदान गरिने गाँउपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताउनुभएको छ ।
काममा खटिएका स्थानीयका अनुसार सरकारले यो कार्यक्रमको एक महिने रोजगारी भन्दा दीर्घकालीन योजना जनाएर निरन्तर गाउमै रोजगारी दिन सके राम्रो हुने बताउनुहुन्छ । गाउँमा नै रोजगार पाएपछि स्थानीय स्तरमा बेरोजगार रही बसेकाहरु खुसी बनेका छन् । पहिलो चरणमा मायादेवी गाउँपालिकाका वडा नं. ७ हरनामपुरबाट कार्यक्रमको सुरुवात गरिएको छ । गाउँपालिका भित्रका ८ वटै वडाबाट ४ सय जना बेरोजगार युवाहरुले रोजगार पाउने छन् । यस कार्यक्रमलाई क्रमश सबै वडामा पु¥याउने लक्ष्य रहेको गाँउपालिकाको रोजगार कार्यक्रम संयोजक सञ्जु गैरेले बताउनु भएको छ ।

प्रकाशित मिति : ९ असार २०७६ सोमबार ००:००  ९ : ४९ बजे