८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिलाको मृत्यु, स्थिती तनावपूर्ण



दाङ ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीले एक महिलाको मृत्यु भएको छ। पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीया भिमी सारुको सोमबार मृत्यु भएको हो।

शनिबार प्रतिष्ठानको भर्ना कक्षमा राखिएको सारुको आइतबार दिँउसोसम्म स्वास्थ्यमा सुधार आएको अस्पतालले बताएको थियो। राति १ बजेबाट सारुको पिसाब रोकिएर छटपटाउन थालेको मृतकका श्रीमान टिकाराम सारुले बताए।

‘आइतबार दिँउसोसम्म उनी धेरै तंग्रिएकी थिइन्। राति १ बजेबाट पिसाब रोकिएर छटपटाउन थालिन। ’ उनले भने ‘हामीले नर्सहरुलाई डाक्टर बोलाइदिन आग्रह गर्‍यो। तर कोही पनि आएन। बिहान ८ बजे उनको मृत्यु भयो । ’

मृतकको शव अस्पतालको जनरल वार्डबाट उठाइएको छैन् । अस्पतालले मृतकका आफन्तलाई मृत्युको कारणबारे खुलाएको छैन् ।यता प्रतिष्ठानका फिजिसियन डा. जितनारायण यादवले आइतबार दिँउसोसम्म बिरामीमा सुधार हुँदै गएको र साँझ आफ्नो ड्युटी नभएका कारण मृत्युबारे आफुले केही भन्न नसक्ने बताए। उनले भने, ‘अत्याधिक पखालाका कारण कहिलकाँही यस्तो हुन्छ । मैले हिजो दिँउसोसम्म उहाँलाई हेर्दा सुधार हुँदै थियो।
सोमबार बिहान उनको मृत्यु भएछ। यसबारे मलाई थप जानकारी छैन। घटनापछि प्रतिष्ठान परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । पिडित पक्षले अस्पतालकै लापर्वाहीले घटना घटेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन्।

प्रकाशित मिति : ९ असार २०७६ सोमबार ००:००  ३ : २७ बजे