८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सर्वेन्द्रदेव खनाल प्याब्सनको केन्द्रिय सचिवालय सदस्यमा मनोनित



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको शैक्षिक यात्रामा विगत अढाई दशक देखि क्रियाशिल सर्वेन्द्रदेव खनाल नीजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को केन्द्रिय सचिवालय सदस्यमा मनोनित हुनुभएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ४ गजेहडा निवासी खनाल हालै बसेको प्याब्सन केन्द्रिय समितिको बैठकले उहाँलाई केन्द्रिय सचिवालय सदस्य बनाएको हो ।

खनाल प्याब्सनका पूर्व केन्द्रिय सदस्य भैसक्नुभएको थियो भने जिल्ला अध्यक्ष भएर पनि काम गरि सक्नुभएको छ । प्याब्सनको गत बर्ष सम्पन्न महाधिवेशनमा केन्द्रिय सदस्य हुनुभएका खनाललाई केन्द्रिय सचिवालय सदस्य बनाउने शर्तमा चुनावमा उठ्नुभएको थिएन् ।

शैक्षिक क्षेत्रमा नीजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको र विद्यार्थीको पनि नीजी विद्यालय प्रतिको आकर्षण बढिरहेको बेला प्याब्सनलाई महत्वपूर्ण संगठनका रुपमा लिने गरिएको छ । देशभरका नीजी विद्यालयहरुको सबैभन्दा ठूलो संगठन भएकोले प्याब्सनको महत्व र गरिमा आफैमा महत्वपूर्ण छ ।

खनाल प्याब्सनको केन्द्रिय सचिवालय सदस्य बन्ने कपिलवस्तुको पहिलो व्यक्ति पनि हुनुभएकोछ  । केन्द्रिय सचिवालय सदस्यमा मनोनित भएपछि मायादेवी अनलाइनसंग कुराकानी गर्दै खनालले यो स्थानसम्म ल्याई पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँ वाणगंगाको गजेहडामा रहेको बाल ज्योती इंग्लिस बोर्डिङ स्कूलको प्रिन्सिपल पनि हुनुहुन्छ ।

प्रकाशित मिति : ९ असार २०७६ सोमबार ००:००  ८ : ०० बजे