८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

छत्रपालीमा शिक्षक अभिभावक सम्मानित


८ असार २०७६ आइतबार ००:००  

0
Shares

दीपा महत, पकडी ।
कपिलवस्तुमा समता र पहुँचका लागि साझेदारी परियोजनाले एक कार्यक्रमकाबीच आज शिक्षक अभिभावकलाई सम्मान गरेको छ । पिक परियोजना अन्र्तगत कपिलवस्तुको मायादेवी गाउँपालिका १ पकडिमा रहेको छत्रपाली तिर्थादेवी मा.वि.मा कार्यरत शिक्षक र अभिभावक सम्मानित भएका छन् । लामो समयदेखि शिक्षण पेशामा आवद्ध तथा शैक्षिक गुणस्तरमा योगदान पु¥याए वापत शिक्षक तथा अभिभावक गरी १० जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा छत्रपाली तिर्थादेवी माविका शिक्षक ज्ञानेन्द्र कुमार चौधरी, कुलचन्द्र पोखरेल, रामकुमार कुर्मी, गजेन्द्रनाथ चौवे, चन्द्रिका प्रसाद चौधरी, युवराज पौडेल, सूर्य प्रकाश कुर्मी, रामचन्द्र चौधरी, रामविनोद कुर्मी तथा बाल शिक्षा सरोकार समूहकी विरमती नाउ रहनुभएको छ । यसैबीच ग्लोवल एक्सन नेपालकी श्रोत प्रशिक्षक गिता अर्याललाई विद्यालयले सम्मान गरेको छ । विद्यायलको शैक्षिक गुणस्तर, बालक्लवको क्षमता अभिवृद्धि तथा विद्यालय व्यवस्थापनमा सहयोग पु¥याए वापत ज्ञानकी श्रोत प्रशिक्षक गिता अर्याललाई सम्मान गरिएको हो ।
छत्रपाली तिर्थादेवी मा.वि. र बाल शिक्षा सरोकार शिक्षा समूहको सिफारिसमा विद्यालयका शिक्षक, अभिभावक र श्रोत प्रशिक्षकलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीले शिक्षक र अभिभावकको मूल्यांकन कसैले पनि नगरेको अवस्थामा कार्यक्रमबाट शिक्षक अभिभावकलाई गरिएको सम्मानले थप उत्साह मिलेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले शिक्षकलाई अझ जिम्मेवार र कर्तब्यनिष्ठ बनाई विद्यालयको शैक्षिक कृयाकलापमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मान कार्यक्रम विद्यालयका प्रअ नरेन्द्र बहादुर कुर्मीको अध्यक्षता, वडा अध्यक्ष हरिगोविन्द चौधरीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुसुदन शरण चौधरी विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रम शिक्षक दिपक पासीको संचालन, रामनरेश प्रसाद कोहारको स्वागत मन्तब्य रहेको कार्यक्रममा श्रोत प्रशिक्षक गिता अर्यालले विद्यालयको शैक्षिक उपलब्धी हासिल गर्न सवै शिक्षक अभिभावक जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ८ असार २०७६ आइतबार ००:००  ७ : २९ बजे