८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लोक सेवाको अनलाइनमा समस्या, फारम भर्न मुस्किल ! प्रतिमिनेट सय आवेदन



काठमाडौं । लोक सेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् ।स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार लोक सेवाको वेबसाइट www.psconline.psc.gov.np/ छिनछिनमा लोड नहुने समस्या देखिएको छ ।अनलाइन सिस्टममा समस्या आएको स्वीकार्दै आयोगका प्रवक्ता किरणराज शर्माले सर्भर थप्ने काम भइरहेको बताए ।

स्थानीय तहका ९ हजार १६१ पदमा पदपूर्तिका लागि आयोगले खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम म्याद भोलि मंगलवार हो । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिन्छ ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न आदेश दिएपछि अलमलमा परेका युवाले सर्वोच्चले विज्ञापन नरोकेपछि फारम भर्ने क्रमलाई तीव्रता दिएका छन् ।
फारम भर्नेहरूको चापका कारण सर्भरमा समस्या देखिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा वृद्धि भएको बताए। उनका अनुसार अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन्। एकै पटक धेरैले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको छ।

 

 

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  ९ : ४० बजे