काठमाडौं ।
शिक्षक सेवा आयोगले लामो समयदेखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।
यस पटक बिषयगत आधारममा शिक्षक लाइसेन्सको बिज्ञापन खुलाएको प्रशासकिय अधिकृत थपलियालले थाहालाई बताए । उनले यो पटकदेखि अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था मिलाएको पनि जानकारी गराएका छन् ।
प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम नलिएकाले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् । शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था गरिएको थपलियाले बताए । यो सँगै साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ ।
सोमबारदेखि लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिने छ । दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ । पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो ।
प्रतिक्रिया