८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिवराज नगरपालिकाका विद्यालय चार दिनका लागि बन्द



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाका विद्यालय चार दिनको लागि बन्द गरिएको छ । चर्को गर्मीले विद्यार्थीको पढाईमा असर पुगेको भन्दै विद्यालय बन्द गरिएको हो । मंगलबार असार ३ गते देखि असार ६ गतेमा सम्मका लागि विद्यालय बन्द गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
जिल्लामै सबैभन्दा बढी गर्मी हुने चन्द्रौटा क्षेत्रका सबै विद्यालय अवस्थाजन्य विदाबाट कटौती हुने गरि विद्यालय बन्द गरिएको शिक्षा शाखाका प्रमुख लोकराज पन्थीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै असार ५ गते वितरण गर्ने भनिएको छात्रबृत्ती कार्यक्रम असार ११ गते गर्नुहुन पनि विज्ञप्ति मार्फत सबैलाई आग्रह गरिएको छ ।
गर्मीका कारण कपिलवस्तुको जनजीवन प्रभावित भैरहेको छ । गर्मीले विद्यार्थीको अध्ययनमा बाधा पुगेको भन्दै यसभन्दा अगाडी वाणगंगा नगरपालिकाले पनि विद्यालय बन्द गरिसकेको छ ।

No photo description available.

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  ७ : २९ बजे