८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अत्याधिक गर्मीका कारण वाणगंगाका सम्पूर्ण विद्यालयहरु ३ दिन बन्द गरिने



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगाका सम्पूर्ण शैक्षिक संस्था ३ दिनका लागि बन्द गरिने भएको छ । गर्मी अत्यधिक बढेपछि नगरका सम्पूर्ण विद्यालयहरु असार २ गते देखि ३ दिनका लागि बन्द गर्ने निर्णय भएको हो । शिक्षक महासंघ नगरकमिटी, प्याब्सन नगर कमिटी र वाणगंगा नगर शिक्षा शाखाको संयुक्त निणर्य अनुसार असार २ गते देखि ४ गतेसम्मका लागि नगरका सम्पूर्ण सामुदायिक, निजी, धार्मिक एवं मन्टेश्वरी समेत बन्द गर्ने निर्णय गरेको वाणगंगा नगर शिक्षा अधिकृत खिम बहादुर जिसीले जानकारी दिनुभयो । ३ दिन जाडो बिदा कट्टा हुने गरी बिदा दिएको उहाले बताउनुभयो । यस अघि पनि अत्याधिक गर्मीका कारण वाणगंगाका शैक्षिक संस्था एक साताको लागि बन्द गरिएको थियो ।
केहि दिन यता बढेको अत्याधिक गर्मीका कारण कपिलवस्तुको जनजिवन प्रभावित बनेको छ भने बाहिर निस्कन सक्ने अवस्था छैन । कपिलवस्तुको तापक्रम ४३ डिग्री सेल्सीयस मापन गरिएको छ । गर्मी अत्याधिक बढेपछि देशका अन्य ठाउका विद्यालयपनि बन्द गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७६ आइतबार ००:००  १२ : ४४ बजे