८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शितगंगाको वडा नम्बर ११ मा शैक्षिक कार्यक्रम



अर्घाखाँची ।
शितगंगा नगरपालिका वडा नं.११ को आयोजनामा वडा स्तरीय शैक्षिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा धर्मोदय आधारभूत विद्यालय ढुङ्गेसरा प्रथम, बुद्ध आधारभूत विद्यालय लुङग्री द्वितिय, शम्भु आधारभूत विद्यालय खयरभट्टी तृतिय र तारा ज्योती आधारभूत विद्यालय सान्तवना स्थान कायम गरेका थिए । त्यसै अवसरमा कुर्सी दौड प्रतियोगिता पनि संचालन गरिएको थियो ।
धर्मोदय आधारभूत विद्यालय ढुङ्गेसरामा सम्पन्न वडा स्तरीय शैक्षिक कार्यक्रम अन्तरगत संचालन गरिएको हाजिरी जवाफ र कुर्सी दौड प्रतियोगितामा उत्कृष्ट हुने लाई प्रमुख एवम विशिष्ट अतिथीहरुद्धारा पुरस्कार वितरण गरिएको थियो । साथै उक्त कार्यक्रमबाट वडाका ९ वटा विद्यालयमा बालविकास अध्ययनरत बालबालिकाको लागि अल इन वान पुस्तक वितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् वडा नं. ११ का वडा अध्यक्ष कपिल आलेले अब आगामी योजनामा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गर्नु भएको छ । समग्र शिक्षाको गुणस्तर सुधारमा लाग्न सबैमा अपिल गर्नुभयो ।
त्यस्तै विशिष्ट अतिथी एवम् शितगंगा नगर कार्यापालिका सदस्य विष्णु बहादुर परियारले शिक्षा जिवनको आधार भएकोले शिक्षा क्षेत्रलाई अगाडी बढाउन जरुरी रहेको बताउनु भयो ।
त्यस्तै विशिष्ट अतिथी एवम् सामाजिक अभियान्ता गणेश बेल्बासे संगमले प्रशिक्षणात्मक मन्तव्य दिदैं, ूशिक्षाको समग्र पक्षमा सुधार गर्न केवल शिक्षकले मात्र सम्भव नभएको बताउदै यसको विकासमा अभिभावक, शिक्षक, विद्यार्थी, समिति, विभिन्न संघ संस्था तथा समूह सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । समाजको एक सूयोग्य नागरिक बनाउन प्रत्येक अभिभावकले अब आफ्ना बालबालिकालाई अनुशासित, आज्ञाकारी, असल र ज्ञानी बनाउन सबै भन्दा पहिले अभिभावकले आफ्नो आचारणमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । परिवर्तन आफुबाटै सुरु गरे मात्रै शिक्षाको विकास र समृद्धि सम्भव भएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै अभियान्ता बेल्बासेले प्रत्येक विद्यालयहरूले शैक्षिक उपलब्धि सुधारका योजनाहरु बनाएर जानु पर्नेमा प्रअहरूको ध्यान आकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा लिडर प्रअ टेकलाल शर्मा, शिक्षक इन्द्र बहादुर रजाली लगाएतले मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा वडाका जनप्रतिनिधी, वडा नं। ११ का विद्यालयका प्रअ, शिक्षक तथा विद्यार्थी, अभिभावक, वडाका बुद्धिजिवी एवम् शिक्षा प्रेमीहरुको उपस्थिती रहेको थियो ।
यो कार्यक्रमको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जानकारी गराएको छ ।
साथै उक्त कार्यक्रममा सामाजिक अभियान्ता गणेश बेल्बासे संगमलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम धर्मोदय आ।वि।का अध्यक्ष गंगा बहादुर मर्साङ्गीको अध्यक्षता विशिष्ट अतिथी एवम् वडा सदस्य गणेश बहादुर पुलामीको स्वागत मन्तव्य र शिक्षक मधु अधिकारीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६ शनिबार ००:००  ३ : ३९ बजे