देवराज भट्टराई, तौलिहवा ।
(नेकपा) का महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’को गृह गाउँ शिवगढीमा प्रहरी समुदाय साझेदारी कार्यक्रम संचालन गरिएको छ । प्रहरीसंग समुदायमा बढेको दुरी घटाउन जिल्लाको शिवराज नगरपालिका– ९ शिवगढीको भगवानपुर गाउँमा प्रहरी र सुमदाय बिच साझेदारी कार्यक्रम संचालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुन्दरीडाडाँको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय आधारभुत निमाबिमा समुदाय र प्रहरीबीच संबन्ध सुदृढ बनाउन कार्यक्रम गरिएको हो । गत फागुन २३ गते प्रहरीले शिवगढीमा सर्च अप्रेशन संचालन गरे पछि प्रहरी र त्यहाँका समुदाय बिच दुरी बढेको थियोे ।
माओबादी सशस्त्र युद्धकालिन समयमा शिवगढी माओबादीको आधार शिबिर थियो । शिवगढीमा नै बिप्लवको घर र उनका अधिकांश समर्थकहरु छन् । गत फागुन २३ गते प्रहरीले शिवगढीका आधा दर्जन गाउँमा सर्च अप्रेशन संचालन गरी बिप्लव समुहका नेता दुर्गा बहादुर रोकालाई हतियार सहीत पक्राउ गरेको थियो । सोही सर्च अप्रेशनकै क्रममा नेपाल राष्ट्रिय आधारभुत निमाबिका प्रअ यादव चन्दलाई पक्राउ गर्न खोज्दा बिद्यार्थी र स्थानीयले अवरोध गरे पछि प्रहरी पछि हटेको थियो ।
तिनै बिद्यार्थीको सहभागीता र प्रअ चन्द कै अध्यक्षतामा कार्यक्रम संचालन गरेको हो । गत फागनुमा प्रर्दशनमा उत्रेका बिद्यार्थी, शिक्षक अभिभावकहरु प्रहरीले गरेको कार्यक्रममा भने हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता जनाए । सो अवसरमा प्रअ चन्दले आफुले अपराध न्यनीकरण र शान्ति स्थापनामा प्रहरीलाई साथ दिने प्रतिबद्धता जनाए ।
‘समाजलाई अपराधमुक्त बनाई भयमुक्त बनाउने हाम्रो पनि दायित्व हो, यस्तो कार्यक्रममा प्रहरीलाई मेरो साथ छ’ उनले भने । सो अवसरमा प्रदेश नम्बर ५ का प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीले समाजको उत्थान र शान्ति स्थापनाका लागि सबै नागरिक प्रहरी बनी पहरेदारी गर्नु पर्ने बताए ।
देशब्यापीरुपमा भईरहेका बिस्फोट, हत्या हिंसा, बलत्कारका घटना प्रति चिन्ता ब्यक्त गर्दै उनले संबिधान र कानुन बिपरित भएका यस्ता काम प्रहरीको एक्लो प्रयासले मात्र सफल हुन गाह्रो पर्ने बताए । उनले बालबालिकाहरुलाई बिभिन्न अपराधमा प्रयोग गरी पीडीत बनाइएकाले उनीहरुलाई जोगाउन समेत समुदाय सचेत हुनु पर्ने बताए ।
उनले समाजबाट अपराध र हिंसा हटाउन समुदायसंग मिलेर काम गर्नकै लागि नै प्रहरी र समुदाय बिच सझोदारी कार्यक्रम संचालन गरिएको बताए । सो अवसरमा बिद्यालयको कक्षा ८ मा अध्ययनरत बिद्यार्थी अभिषेक थापाले कार्यक्रमबाट बालबिवाह, बलत्कार, लैगिंक हिंसा लागु औषध लगातयका बिषय जान्ने मौका पाएको बताए । ‘प्रहरी देख्दा नै डर लाग्थ्यो अहिले प्रहरीले नै हामीलाई बिद्यालयमा आएर धेरै राम्रा कुरा सिकाए’ उनले भने ‘हामीले बालबालिकाहरुले पनि अपराध घटाउन प्रहरीलाई सहयोग गछौ ’ उनले भने ।
यस्तै सोही बिद्यायलक कक्षा ८ मा अध्ययरत बालिका पुजा गिरीले किताबमा नपढेको धेरै कुराहरु सिक्ने मौका पाएको बताईन । ‘बालबालिकाहरु बलात्कार लागुऔाषधमा फसेका छन् त्यसबाट कसरी बच्न सकिन्छ त्यसबारे बुझे ’ उनले भनिन । कार्यक्रममा सहभागी अभिभावक भगवती पुनले समाजबाट अपराध हटाउन प्रहरी र समुदायको सहकार्य आवश्यक रहेको बताईन । उनले कार्यक्रमबाट बिभिन्न अपराध र त्यसको न्युनीकरणका बिषयमा जानकारी पाइएको भन्दै उनले प्रहरीको यो अभियानमा शिवगढीबासीको साथ रहेको बताईन ।
प्रहरी उपरिक्षक दीप शमशेर राणाले प्रहरी र समुदाय बिच सुमधुर संबन्ध कायम राख्न बिकट शिवगढीमा कार्यक्रम राखिएको बताए । गत फागुनमा भएको घटनाले प्रहरी र समुदाय बिच बढेको दुरी हटाउन कार्यक्रम सहयोगी बनेको उनले बताए । उनले अपराधमुक्त जिल्ला बनाउन समुदायलाई प्रहरीसंग हातेमालो गर्न अपील गरे ।
कार्यक्रममा प्रहरी निरीक्षक मोतीलाल योन्जनले लंैगीक हिंसा, बाल बिवाह, मानव बेचबिखन तथा ओसारपोसार, जबरजस्तीकरणी, लागु औषधका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा ९० जना बढीको सहभागीता थियो ।
३० जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया