८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शुद्धोधन मा.वि.जिनुवामा तालाबन्दी


२८ जेष्ठ २०७६ मंगलबार ००:००  

0
Shares

बाबुराम रायमाझी, भलवाड ।
वाणगंगा नगरपालिका ९ जिनुवा स्थित शुद्धोधन जनजीवन माध्यमिक विद्यालयमा एक समूहले आज तालाबन्दी गरेको छ । शिक्षक छनौटमा एकलौटी गरेको भन्दै स्थानीय नेता दिपक थापाको नेतृत्वमा गएको एक समूहले विद्यालयको कार्यालयमा तालबन्दी गरेको हो । विद्यालयमा रिक्त रहेको गणित र नेपाली विषयको शिक्षक छनौटमा सहमती गरिनुपर्ने माग राख्दै विद्यालयमा तालाबन्दी गरेको दिपक थापाले बताउनुभयो । हिजो सम्पन्न विद्यालय व्यवस्थापन समितिको वैठकले गणित विषयको शिक्षक ल्याउने विषयमा सहमती प्रदान गरेपछि असन्तुष्ट हुदै विद्यालयको कार्यालयमा तालाबन्दी गरिएको हो । विद्यालय व्यवस्थापन समितिले आफना निकटका शिक्षक ल्याउन सहमति प्रदान गरेको आरोप लगाउदै विद्यालयमा ताला लगाउनु परेको दिपक थापाले बताए । उनले २ वटा शिक्षक ल्याउने विषयमा सहमती र भागवण्डा गरिनुपर्ने माग राख्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य विन्द्र गुरुङ्गले विद्यालयमा कुनै राजनीति नगरेर शिक्षक ल्याउने विषयमा सहमती दिएर पठनपाठनलाई सहज बनाउनुपर्ने बताए । विद्यालयको कार्यालयमै तालाबन्दी गरेपछि शिक्षकहरु वाहिर बस्दै आएका छन् । तालाबन्दी पछि पठनपाठनमा प्रभावित भएको बताइएको छ ।
शुद्धोधन जनजीवन माध्यमिक विद्यालयमा विगत लामो समयदेखि विद्यालयमा २ वटा शिक्षक रिक्त हुँदा बालबालिकाको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा राजनीति गरेर आफुले पढ्न पाउने अधिकार बञ्चित भएको कक्षा १० की पार्वती पौडेलले आक्रोश व्यक्त गर्दै चाडै शिक्षकको व्यवस्था गर्न माग गरेकी छिन् । केही समय अघि गणित विषयको शिक्षक आएर पढाई सूचारु हुने आशामा रहेका विद्यार्थी शिक्षक फर्केर गएकोले आफुहरु मारमा परेको बताएका छन् ।
विद्यालयका निमित्त प्रद्यानाध्यापक अनिता कडेलले विद्यालयमा तालाबन्दी गर्ने कार्यले शैक्षिक वातवरण विग्रिने बताउदै यसले बालबालिकाको मष्तिष्कमा असर पुग्ने बताइन् । लामो समयदेखि गणित विषय पढ्न नपाउदा विद्याथी आक्रोशित छन् । उता वडा अध्यक्ष धु्रव बेल्वासेले विद्यालय व्यवस्थापन समितिले विद्यालयमा निवेदन परेका मध्ये गणित विषयको शिक्षकको लागि जनकल्याण प्रावि तहको तृतीय श्रेणीका शिक्षक रेशम गिरीलाई सहमतीका लागि समितिले स्वीकृती प्रदान गरेको जानकारी दिएका छन् । शैक्षिक संस्थालाई राजनीतिक हिसावले नहेरी गुणस्तरीय शिक्षामा जोड दिन सवै अभिभावक चनाखो हुनुपर्ने वडा अध्यक्ष वेल्वासेले बताए । उता विद्यालयका प्रद्यानाध्यापक टेकलाल अधिकारी आफु अस्वस्थ्यताको कारण देखाई विदामा बसेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  ३ : १३ बजे