मायादेवी अनलाइन, वाणगंगा ।
बेलायत राजदुतावासद्धारा संञ्चालित इन्टरनेश्नल स्कूल अर्वाड (आईएसए) कार्यक्रम कपिलवस्तुको वाणगंगा नगरपालिकामा अवस्थित वाणगंगा मावि गजेहडाले कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपालका झण्डै ५० विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भैरहेको हो । जस अन्तर्रगत कपिलवस्तुको वाणगंगा मावि गजेहडाले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्रगत सिकाईसंग सम्बन्धित १२ ओटा कार्यक्रम सञ्चालन भैरहेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारीले बताउनुभयो ।
हामीले खाने स्थानीय खाना, शुन्य फोहरमैला, तिम्रो समय हाम्रो समय, संस्कृती प्रर्दशन, स्थानीय पाठ्यक्रम मधुवनधाम, बाढीको प्रकोप, सजिव वस्तुहरुसंग जीवन, सामाजिक समस्या, स्वस्थ्य वातावरण, स्वस्थ्य जीवन, इमेलको आश्चर्यता, मानव बेचविखन र बसाईसराई एक समस्या सम्बन्धि कार्यक्रम विद्यालयमाझ सञ्चालन भैरहेका छन् । यी कार्यक्रम दुतावासले विश्वका विभिन्न देशका विद्यालयका पनि सञ्चालन गरिरहेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।
विद्यालयमा सञ्चालित यी परियोजना कार्यहरुले विश्वव्यापी मान्यता प्राप्त एक्काइसौं शताब्दीका विभिन्न ६ सीप हासिल गर्ने अपेक्षा राखिएको विद्यालयका प्राचार्य भण्डारीले बताउनुभयो ।
यही कार्यक्रम अन्तर्रगत विद्यालयले शुक्रबार दुईओटा परियोजना अन्तर्रगत संस्कृती प्रर्दशन (कल्चरल शो) प्रस्तुत गरेको विद्यालयका आईएसए कोर्डिनेटर गोविन्द पोख्रेलले बताउनुभयो । संस्कृती प्रर्दशनमा विद्यार्थीहरुले मौलिक नेपाली नाच, मगर नाच, थारु नाच र तराईको मौलिक भोजपुरी नाच गरि चार ओटा नाचहरु प्रस्तुत गरिएको पोख्रेलले जानकारी दिनुभएको छ । विद्यार्थीले प्रस्तुत गरेको नाच हेर्न दर्शकहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
साथै विद्यार्थीहरुले परियोजना अन्तर्रगत बाढीको प्रकोपबाट बच्ने उपाय र मानव बेचविखनसंग सम्बन्धित दुई ओटा नाटकहरु समेत प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
यसैबीच विद्यालयले नवआगन्तुक शिक्षक र विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालयका प्राचार्य भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विष्णु कुमार थापाको स्वागत मन्तव्य र शिक्षक गोविन्द्र पोख्रेलको सञ्चालन रहेको थियो ।
प्रतिक्रिया