दाङ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले पत्रकारितालाई सम्मानित, विश्वसनीय र जिम्मेवार बनाउन मिडिया काउन्सिल विधेयक ल्याएको दावी गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले मिडिया काउन्सिल विधेयक प्रेसलाई नियन्त्रण गर्न नभइ नियमनका लागि ल्याइएको दावी गर्नुभयो । प्रेसका जल्दाबल्दा मुद्दा छोडेर अहिले मिडिया काउन्सिल विधेयकमा अनावश्यक छलफल गरिएको टिप्पणी गर्नुभयो ।
प्रेस सबल बनोस् भन्नेमा आफू लागेको भन्दै उहाँले अहिले नेपाल पत्रकार महासंघको सदस्यता अन्य पेशाका व्यक्तिले पनि पाएको दावी गर्दै यसमा शुद्धीकरण आवश्यक परेको बताउनुभयो ।
प्रतिक्रिया