धनगढी ।
बिहीबार साँझ आएको हावाहुरीले धनगढी उपहानगरपालिका(१ मा रहेको मुक्त कमैया शिवरमा क्षति पुर्याएको छ। शिविरमा रहेका घरको छाना हावाहुरीले उडाएको छ भने ५० घरधुरी रहेको मुक्त कमैयाहरुको उठिबास भएको छ।
घरमा लगाएको छानो उडाएपछि उनीहरु बाहिर बस्न बाध्य भएका छन्। बस्तीमा मानवीय क्षति नभए पनि धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै हुरीले कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको छ अहिलेसम्म ७६ जना घाइते भएका छन्। गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको छ। विजुलीको पोलहरु र रुख ढलेर बिजुली बत्ती पूर्ण रुपमा अवरुद्ध भएको छ भने जनजीवन प्रभावित भएको छ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका-२ का लहानु डंगौरा थारु रहेका छन्।
चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया