८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुसहित पश्चिम नेपालमा आँधिहुरीको वितण्डा, लाखौको क्षति पुगेको अनुमान



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुसहित पश्चिम तराईमा आधिहुरीले लाखौंको क्षति पुगेको अनुमान गरिएको छ । राती पौने १ बजे तिर आएको तीव्र आँधिहुरी सहितको चट्याङले ठाउँठाउँमा लाखौंको क्षति पुगेको अनुमान गरिएको होे । आँधिहुरीले कयौंका फुसको घरको छाना उठाएको छ भने विभिन्न स्थानमा रुखविरुवा भाँचिएका छन् ।
कपिलवस्तुका विभिन्न स्थानमा आँधिले क्षति पुगेके बताइएको छ । यद्यपि प्रहरीले विहानै देखि क्षतिबारे जानकारी लिने प्रयास गरेको बताएको छ । आँधिको कारण जिल्लामा विद्युत अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटजस्ता माध्यम पनि चलेका छैनन् ।
पश्चिम नेपाल हुँदै विहीबार मध्यरातमा ठूलै आँधिवेहरी चलेको थियो । पानी सहित आएको आँधिवेहरीले जनजीवनलाई आतङ्कित बनाएको थियो । आँधिवेहरीले जिल्लामा के कस्तो क्षति पुगेको छ विस्तृत विवरण संकलन हुन बाँकी छ ।

उता गएराति धनगढीमा आएको तीब्र हावाहुरीका कारण कम्तीमा २० जना घाइते भएका छन् । राति ८ बजेदेखि आधीघन्टासम्म आएको हावाहुरीका कारण धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० जना घाइते भएको प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।
उहाका अनुसार आधी घन्टासम्म चलेको हावाहुरीका कारण ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन, बाटो अबरुद्ध बनेको छ।
उहाका अनुसार घाइतेहरू थुप्रै छन, पूर्ण जानकारी उपलब्ध भइसकेको छैन । ‘कतै रुढ ढलेका छन्, कतै बिजुलीका पोल,’ गिरीले भन्नुभो, ‘अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।’
उनका अनुसार घाइतेहरूको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे यकिन जानकारी प्रहरीले गरिसकेको छैन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६ शुक्रबार ००:००  ५ : ३६ बजे