८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

करेन्ट लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु



अर्घाखाँची ।
अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने २२ वर्षिय जगदिश तिमिल्सनाको मृत्यु भएको हो ।
अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरी चौकी पालिका प्रमुख रामनारायण चौधरीले जानकारी दिएका छन् ।
पाणिनी गाउँपालिका– ७ मा कोठामा बस्ने तिमिल्सना स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । उनलाई उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६ बिहिबार ००:००  १० : १७ बजे