दाङ ।
खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले दाङलाई खानेपानीको दृष्टिकोणले प्रथामिकामा राखेको बताउनुभएको छ । खानेपानी संजाल दाङले आयोजना गरेको एक दिने अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै उहाले संघीय संसदमा छलफलका क्रममा समेत दाङको खानेपानीको सवालमा कुरा उठ्ने गरेको बताउनुभयो ।
विना तलवका उपभोक्ता समूहले स्थानीय तहमा सरकारको काम गरी रहेको बताउँदै मन्त्री मगरले ४२ हजार उपभोक्ता समूहको प्रशंसा गर्नुभयो । उपभोक्ता समूहले तलब नलिए पनि सरकारका योजना कार्यान्यन, उपभोक्तालाई पानी पु(याउने सरकारको लक्ष्य प्राप्तीका लागि सहयोग गरेर जनतलाई सरकारको अनुभूति दिलाएको बताउनुभयो । खानेपानी मन्त्रालय नयाँ योजनाको खोजी र सम्भाव्यताको अध्यनमा नयाँ रोड म्याप बनाएर लागि परेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका सचेतक शान्ता चौधरीले दाङको विकास र समृतिका लागि सबै जनप्रतिनिधिहरु एक भएर लागेको बताउनुभयो । विकास गर्न नसकेको आलोचना भइरहँदा सचेतक चौधरीले कांग्रेस र कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्ने सबै सांसदले दाङको समृद्धिका लागि काम गरिरहेको बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय सभा सदस्य कोमल वलीले दाङमा खुलेको सिमेन्ट उद्योगका कारण दाङ मरुभूमि बन्ने खतरा रहेको बताउनुभयो् । पानीलाई सञ्चित गरेर राख्ने चुनढुङ्गा नै उत्तखन गरिँदा पानीको संकट पर्ने भन्दै सदस्य वलीले अन्तत्वगत्वा दाङका मरुभूमि बन्ने खतरा रहेको बताउनुभयो । देशका सबैभन्दा बढी चुन ढुङ्गगा उत्खननको लाईसेन्स दाङ, रोल्पा, रुकुममा लिएर ठेकेदारहरु आएको भन्दै यस तर्फ सरकारको ध्यानाकर्षण समेत गराउने उहाले बताउनुभयो ।
त्यसैगरी प्रदेश सांसद अमर डाँगीले जलवायु परिवर्तनका कारण मुलुकले ठूलो समस्या भोगिरहेको बताउनुभयो । यता तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अबको तीन बर्षमा एक घर एक धारा भन्ने सरकारको लक्ष्यलाई सफलतमा पु(याउनका लागि योजना बद्धरुमा अघि बढ्न संजाललाई आग्रह गर्नुभयोे । संजालका संयोजक खेमराज वलीको अध्यक्षताम भएको कार्यक्रमको संचालन सचिव प्रदिप गौतमले गरेका थिए ।
२३ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया