एजेन्सी ।
सुडानमा प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका विपक्षीले सैन्य परिषदसँग वार्ता गर्न अस्वीकार गरेका छन् । सेनामा अहिले सैन्य परिषदले सत्ता चलाइरहेको छ । सेनाको शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्था लागु हुनु पर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि सेनाले दमन गरेको छ ।
सेनाको दमनको क्रममा ज्यान गुमाउने प्रदर्शनकारीको संख्या सोमबार यता कम्तिमा १०० रहेको जनाइएको छ । प्रदर्शनकारीमाथिको दमनका लागि सेनाको निर्देशनमा अर्धसैनिक बल खटिएका छन् ।
गएको अप्रिलमा सैन्य कू मार्फत राष्ट्रपति ओमर अल–बाशिर सत्ताच्युत भएपछि सुडानको सत्ता सैन्य काउन्सिलको हातमा छ । निर्वा्चित सरकारको माग गर्दै प्रजातन्त्रवादी नेताहरुको नेतृत्वमा प्रदर्शन भइरहेको छ । यस्तै नील नदीबाट ४० जनाको शव निकालिए जनाइएको छ।
२३ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया