८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक स्थगित



काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बिहान बस्ने भनिएको बैठक गृहकार्य अभावमा स्थगित भएको हो ।
यसअघि बुधबार बसेको बैठक पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको समय अभावको कारण देखाउँदै बिना निष्कर्ष टुंगिएको थियो ।
त्यसपछि बिहीबारका लागि बैठक तोकिएको थियो । तर पार्टी अध्यक्ष पुष्प कमल दाहाल र केपी शर्मा ओलीले गृहकार्यका लागि समय माग गरेपछि बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
सचिवालय बैठकका लागि अर्को मिति तय भइसकेको छैन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६ बिहिबार ००:००  १२ : ५१ बजे