८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मालपोतमा विचौलिया हावी, कर्मचारी मालामाल



नवलपरासी ।

मालपोत कार्यालय पश्चिम नवलपरासीमा समयमा काम नहुने गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । विभिन्न काम लिएर मालपोत गएका सेवाग्राहीहरू घन्टौं कुर्नुपर्ने समस्या छ । घन्टौं होइन दिनानुदिन धाउनुपर्ने समस्या पनि उस्तै रहेको छ । कार्यालय पुगेका सेवाग्राहीलाई त्यहाँका कर्मचारीले विभिन्न बहाना गराएर दुस्ख दिने गरेको सेवाग्राहीले बताएका छन् ।

मालपोत कार्यालयमा पुर्जा फुकुवा गर्न र रोक्का गर्नका लागि बर्दघाट नगरपालिकाको वडा नम्बर ७ का केवल पोडेल सोमबार मालपोत कार्यालय पुगे । मालपोतका कर्मचारीले समयमै काम नगरिदिएका कारण उनी पुन मंगलबारसमेत मालपोत कार्यालय परासी गए । पौडेल कार्यालयमा पुग्दा कार्यालयको विभागीय फाँटहरूमा कर्मचारी नै नरहेको र खाली रित्ता कुर्सी मात्र देखेपछि मालपोतमा खेप्नुपर्ने सास्तीले मन खिन्न बनाए ।

किन कर्मचारीले आफ्नो जिम्मेवारीअनु्सार काम नगरेका होलान ? मैले त दुःख पाएँ म जस्तै दुःख पाउने कति होलान ? पौडेलले आक्रोशित हुँदै भने । पौडेल एउटा प्रतिनिधि पात्र मात्रै हुन् । दैनिकजसो मालपोत कार्यालयमा पुग्ने प्राय सवै सेवाग्राहीहरू त्यहाँका कर्मचारीको रवाफ र उनीहरुको काम गर्ने शैलीबाट दिक्क हुँदै आएका छन् । कोही टाठाबाठा आए उत्तिखेरै काम गर्ने सोझा साझा  सेवाग्राहीलाई हप्तौंसम्म धाउनुपर्ने बाध्यता रहेको पनि सेवाग्राहीहरूको गुनासो छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६ बिहिबार ००:००  ८ : ५६ बजे