काठमाडौँ ।
आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल बिहीबार (आज) सकिँदैछ । आइतबारदेखि सुरु भएको छलफलमा बिहीबार केही सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची तय भएको संसदसचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेदेखि बोलाइएको छ ।
जेठ १५ गते अर्थमन्त्री युवराव खतिवडाले आगामी आर्थिक वर्ष २०७६र७७ का संघीय संसदमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए ।
मंगलबारसम्म बजेटको सैद्धान्तिक पक्षमाथि एकसय भन्दा बढी सांसदहरुले बोलेका छन् । धारणा राख्ने क्रममा सत्ता पक्षका सांसदले बजेटको अन्धो समर्थन गरेका छन् भने विपक्षी सांसदहरुले खरो आलोचना गरेका छन् ।बजेटमाथिको मन्त्रालयगत छलफल शुक्रबारदेखि गर्ने तयारी गरिएको छ ।
२३ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया