गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिकाले एक सय ३१ जनालाई रोजगार प्रदान गरेको छ । जसमध्ये वडा नम्बर १ र २ बाट १०÷१० जना, ३ बाट ३३ जना, ४ बाट ४३ जना रहेका छन् । त्यस्तै वडा नम्बर ५ र ६ बाट २०÷२० जनालाई रोजगार प्रदान गरिएको छ । रोजगार पाएकामध्ये महिला ३८ जना र पुरुष ९३ जना रहेको गाउँपालिकाका रोजगार संयोजक गणेश कुँवरले जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा संचालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’अन्तरगत पहिलो चरणमा एक महिनासम्म रोजगार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमको बुधबार गाउँपालिका अध्यक्ष लक्षमण विष्टले औपचारिक रुपमा उद्घाटन गरे । पहिलो चरणमा रोजगारी पाएकामध्ये सबै श्रमिकहरुलाई सडकको क्षेत्रमा काम लगाइने गाउँपालिकाले जनाएको छ । श्रमिकले नेपाल सरकारले तोकेअनुसारको दैनिक पाचँ सय १७ रुपैँयाका दरले एक महिनाको १५ हजार पाचँ सय १० प्राप्त गर्नेछन् ।
गाउँपालिकामा २०७५ चैत १ गतेदेखि वैशाख मसान्तसम्म वडा कार्यालयमार्फत बेरोजगारीको तथ्याकं संकलन गरिएको थियो । जसमा १७ सय बढीले फारम भरेका थिए । फारम भरेकाहरुमध्ये रोजगार सेवा केन्द्रको रोहवरमा सम्बन्धित वडा कार्यालयले श्रमिक छनोट गरेको थियो ।
जसमा निर्वाहमुखि कृषि गरिरहेको, वैदेशिक रोजगारबाट फर्केको, अति कम आम्दानी हुने तथा न्यून वर्गको आधारमा छनोट गरिएको रोजगार संयोजक कुवँरले जानकारी दिनुभयो ।
२३ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया