८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विश्वकप क्रिकेटः अष्ट्रेलिया र वेष्टइण्डिज भिड्दै, कस्तो होला गेलको खेल ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
१२ औं एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत विहीबार एउटा महत्वपूर्ण खेल हुँदै छ । आफ्नो पहिलो खेलमा जित हासिल गरेर उपाधि दाबेदार मानिएका अष्ट्रेलिया र वेष्टइण्डिज दिउँसो सबा ३ बजे आमने सामने हुने छन् । अष्ट्रेलियाको लागि विष्फोटक ब्याट्समेन क्रिस गेल र रसल मुख्य चुनौती हुने छन् ।
पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई सात विकेटले हराएको थियो । वेष्ट इण्डिजले भने पाकिस्तानमाथि सात विकेटकै जित निकालेको थियो । प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानविरुद्धको जितका कारण अष्ट्रेलियामा ठूलो आत्मविश्वास भने आएको छैन । वेष्ट इण्डिजका क्षमतावान बलर अष्ट्रेलियाका लागि चुनौति हुनेछ ।

वेष्ट इण्डिजसँग सतर्क रहनुपर्छ– पूर्व कप्तान स्टिभ वा

अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ वाले इण्डिजविरुद्ध खेल्दा आफ्नो टिमलाई संयमित भएर खेल्न सतर्क गराएका छन् । डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई उपाधि रक्षा गर्ने चुनौति छ । आज डिफेन्डिङ च्याम्पियनको विपक्षमा यस्तो टिम छ, जसले ४०० भन्दा माथि रन पनि सहजै बनाउन सक्ने क्षमता राख्छ भने बलिङतर्फ पनि इंग्ल्याण्डको पीचमा राम्रो खेल्न सक्ने खेलाडी छन् । उनीहरुले आफ्नो बलिङ क्षमता पाकिस्तानविरुद्धको खेलमा नै देखाइसकेको छ ।

Related image
ब्याटिङमा पनि क्रिश गेलको विस्फोटक ब्याटिङ, शाई होपको संयमित प्रदर्शन र प्रशस्त अलराउण्डरका कारण इण्डिज टिम बलियो स्थितीमा छ ।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथ र डेविड वार्नरको प्रदर्शन मुख्य रहनेछ । उनीहरुसँगै एरोन फिन्च पनि राम्रो फर्ममा रहन अष्ट्रेलियाको तागत हुनेछ ।
बलिङतर्फ प्याट कमिन्स, युवा बलर एडम जाम्पा, तीब्र गतिका बलर मिचेल स्टार्क जस्ता खेलाडी अष्ट्रेलियाको हतियार हुनेछन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७६ बिहिबार ००:००  ८ : ३७ बजे