८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बेठक बिहिबार बस्दैछ । बिहीबार विहान ९ बजे बस्ने बैठकमा जिल्लाका इन्चार्ज र सह-इन्चार्ज तोक्ने निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
तीन दिनदेखि बस्दै आएको बैठकमा इन्चार्ज र सह इन्चार्ज कसरी बनाउने भन्नेबारे विवाद हुँदै आएको छ ।
अन्य जिम्मेवारी लिएकालाई पार्टीको जिम्मेवारीमा कम प्राथमिकता दिनुपर्ने भन्ने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताको अडानले विवाद जिम्मेवारी तोक्न ढिलाई भएको हो ।
त्यसपछि आजै पार्टीका विभाग र पोलिटब्यूरो गठनबारे पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६ बिहिबार ००:००  ८ : २० बजे