अर्जुन बेल्बासे, चन्द्रौटा ।
विश्व वातावरण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय गौतमबुद्धले एक कार्यक्रमका बिच फोहोरमैला व्यबस्थापनका लागि शिवराज नगरपालिका भित्र रहेका २० वटा बिद्यालयलाई डस्विन वितरण गरेको छ ।
गत २० गते वातावरण पुर्व सन्ध्याको अवसरमा गरिएको अन्तर माबि स्तरीय हाजिरजवाफ प्रतियोगितामा सम्पन्न गरेको छ । जसमा प्रथम हुनेलाई नगद रु. १२ हजार, दृतियलाई रु. १० हजार र तृतिय हुनेलाई नगद रु. ८ हजार सहित प्रमाण पत्र दिइएको थियो ।
कार्यक्रममा क्रमश समयथान मावि प्रथम, नेपाल आदर्श मावि दृतिय र त्रिभुवन आर्दश मा.वि. तृतिय भएका थिए । साथै हाजिरीजवाफ कायक्रममा सहभागी सम्पुर्ण विद्यालयलाई प्रमाणपत्र दिइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश वन निर्देशक बलिराम पण्डितले हामी संग जे जति वन छ त्यसलाई वन डढेलोबाट जोगाउन सकियो भने बातावरणमा केहि सहज हुन्छ । अहिले केही जोडीले विवाह उत्सवमा पनि विरुवा रोपेर मनाउन थालेका छन् ।
यो एउटा नौलो कार्य हो । वातावरण दुषित वायुका कारण हरित गृहमा फरक भए पछि जलवायु परिवर्तन भएको छ गर्मिमा अत्यन्तै गर्मिमा र जाडोमा धेरैजाडो हुने गरेको छ । त्यसैले वातावरण जोगाउन हाम्रो एक्लो प्रयासले हुंदैन सबैले हातेमालो गर्न सके हरावरा वातावरण गराउन सकिन्छ ।
त्यस्तै कार्यक्रममा बोल्दै बाल संसार शैक्षिक प्रतिष्ठानका प्रमुख विष्णु पौडेलले अहिले डिविजन वनले वातावरण जोगाउन निकै प्रयास गरेकोमा आफु लगायत यहाँको समुदाय पनि हर्षित भएको महसुस गरेको बताउँदै वातावरण जोगाउन घर घरबाट आफै प्रयास गर्नु तर्क गरे ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दुर्गा बहादुर कार्कीले वातावरण दिवसलाई लगातार तिन दिन पहिलो दिन हाजिरजवाफ प्रतियोगिता, दास्रो दिन फोहोरमैला ब्यबस्था पर्ने गर्नका लागि चेतनामुलक गोष्ठि र तेस्रो दिन बिभिन्न बिद्यालयलाई डस्विन वितरण साथै पुरस्कार वितरण प्रमुख दुर्गा बहादुर कार्कीले बताउनुभयो ।
प्रमुख कार्कीले वायु प्रदुषणको कारण वायुजन्य रोगहरुबाट जस्तै रुघाखोकि लगायतका समस्याबाट एक दिनमा विश्वमा २० हजार मानिसको मृत्यु हुने गरेको र एक वर्षमा ७३÷७४ लाख मानिसले ज्यान गुमाउने गरेको समेत बताउनुभयो ।
कार्कीले ठेक्का पट्टा गर्ने ठेकदारहरुले वन संरक्षण कार्यमा लाग्दा विकास विरोधिको रुपमा लिने गरेको भन्दै स्वच्छ वायु स्वस्थ जीवनको अभियानमा सबै लाग्नु पर्ने बताउनु भएको थियो । वन संरक्षण लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रम, प्रदेश वन निर्देशक बलिराम पण्डितको प्रमुख अतिथ्यता डिभिजन वन कार्यालयका प्रमुख दुर्गा बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
२२ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया