दाङ ।
दाङमा शर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ४ मोतिपुर निवासी १७ वर्षीया प्रमिला यादवको शर्पदंशबाट मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यादवलाई मंगलबार बिहान ६ बजेतिर घरको आँगनमा शर्पले डसेको थियो।
यादवलाई उपचारको लागि कपिलवस्तु लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ।
२२ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया