बुटवल ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईद उल फित्र (इद) पर्वको अवसरमा इस्लाम धर्मालम्बीहरुका लागि शुभकामना ब्यतm गर्नुभएको छ । नेपाल सांस्कृतिक विविधता भएको मुलुक भएकाले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुक सांस्कृतिक रुपमा रंगिन बनेको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री पोखे्रलले शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र बिकासमा लागी मार्ग प्रशस्त गर्दै संबैधानिक रुपमा मुस्लिम आयोगको गठन गर्ने ब्यबस्था गरेर मुस्लिम समुदाय प्रति सम्मान ब्यतm गरेको उल्लेख गर्नुभएको छ ।
मुख्य मन्त्रीद्धारा व्यक्त इद पर्वको शुभकामना सन्देश
इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईद उल फित्र (इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो । विभिन्न जातजाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुक सांस्कृतिक रुपमा रंगिन बनेको छ । विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वकुनै जाति र समुदाय विशेषका नभएर सबैका साझा भएका छन् । समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार गर्न यीपर्वले सघाउ पु¥याउदै आएका छन् । इद पर्वले पनि सद्भाव,भाइचारा र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यकमुस्लिम समुदायको उत्थान र विकासकालागिमार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै मुस्लिमआयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मानव्यक्त गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको छ । संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको छ ।संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमाप्राप्तअधिकारको उपभोग गर्दै जानेछन् ।
अहिले मुलुक समृद्धिको यात्रामा अघि बढेको छ । विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ। त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ ।
यो लक्ष्यमा पुग्नका लागि आवधिक योजना बनाएर आगामी मार्ग्चित्र प्रष्ट पारेका छौं । आवधिक योजनाले तयार गरेको मार्ग्चित्रअनुसार आगामीबर्षको बजेट आउने छ । जसले समृद्धिको यात्रालाई अझ फराकिलो बनाउने छ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्नेमहाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आमनागरिकमाहार्दिक अपिलगर्दछु ।
अन्त्यमा, इद पर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।
शंकर पोखरेल
मुख्यमन्त्री
प्रतिक्रिया