८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विश्व वातावरण दिवस मनाईँदै



काठमाडौँ ।
विश्व वातावरण दिवस वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी बुधबार नेपालमा पनि मनाईँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।
मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ ।
यस वर्ष वायु प्रदुषणलाई जितौँ भन्ने नारासहित दिवस मनाईँदै छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्य र समग्र वातावरणमा खराब प्रभाव परेको सन्दर्भमा त्यसबाट मुक्त हुने प्रयासमा एकताबद्ध हुने आह्वान गर्दै यो नारा तय गरिएको हो ।
दिवसको अवसमारमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वमा अहिले हरित अर्थतन्त्रको खाँचो रहेको उल्लेख गरेका छन् । वातावरण संरक्षका लागि सक्रिय रुपमा काम गर्ने बेला आएको उनले उल्लेख गरेका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरणमैत्री हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र वातावरणबिच सन्तुलन हुनसके मात्र उन्नति दीगो र मानव उपयोगी हुने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६ बुधबार ००:००  ९ : ११ बजे