काठमाडौं ।
पश्चिमी वायुको प्रभावले बुधबार काठमाण्डौ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, विहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमको तुलनामा मध्य र पूर्वको धेरै ठाउँमा पानी पर्नेछ । अहिले प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको उहाँको भनाइ छ । पानी परेपछि देशभरी नै अधिकतम तापक्रम घटेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।
२२ जेष्ठ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया