८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुधबार मुस्लिम समुदायको ‘इद उल फित्र’, सरकारद्धारा सार्वजनिक विदा



काठमाडौं ।
मुस्लिम समुदायले मनाउन लागेको इद उल फित्र पर्वमा सरकारले सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६÷०२÷१० को निर्णय अनुसार मुस्लिम धर्मालम्बीहरुको पर्व ‘इदुल फित्र’का दिन सार्वजनकि विदा दिने निर्णय भएको र उक्त पर्व बुधबार २२ गते पर्ने भएकाले सो दिन सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।
बुधबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६ मंगलबार ००:००  १० : ५९ बजे