मायादेवी अनलाइन, वाणगंगा ।
विश्व वातावरण दिवसको अवसरपारी फोहर ब्यवस्थापन सम्बन्धी जनचेतना अभिबृद्धीका लागि गोष्ठी सम्पन्न भएको छ । क्रियासिल पत्रकार महिला (डब्लडब्लजे) कपिलवस्तु शाखाको आयोजना र डिभिजन वन कार्यलय गौतम बुद्ध कपिलवस्तुको आर्थिक सहयोगमा गोष्ठी गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पत्रकार महासंघ प्रदेश ५ का सदस्य नन्दराम पौडेलले सरसफाइमा हरेक नागरिकको ध्यान पुग्नुपर्ने बताउनुभयो । उहाले मञ्चमा आयोजना हुने विभिन्न किसिमका कार्यक्रम तथा समारोहमा फोहरमैला ब्यवस्थापन गर्नुपर्ने, सरसफाइ गर्नुपर्ने लगाएतका कुरा उठेपनि त्यो ब्यवहारमा कार्यान्वयन भने हुन नसकेको बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेपाल पत्रकार महासंघका जिल्ला सचिव हरि अधिकारीले स्वच्छ र सफा वतावरण बनाएर स्वस्थ जिवनयापनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाले बाहिरी देशका नागरिक फोहर ब्यवस्थापनमा सचेत भएको भएतापनि नेपालका नागरिकमा भने त्यो ज्ञानको विकास पूर्णत हुन नसकेको बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी डिभिजन वन कार्यलय गौतम बुद्धका प्रमुख दुर्गा कार्कीले फोहरमैला ब्यवस्थापन जस्ता कुरामा मिडियाले जनचेनामूलक सामाग्री प्रसारण मा जोड दिनुपर्ने बताउनुभयो । उहाले (डब्लूडब्लूजे) ले यस अघिपनि वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको भन्दै महिला पत्रकारको समुहले वातावरण संरक्षणका साथै सरसफाइका लागि सञ्चालन गरेको यस कार्य स्रहानिय भएको बताउनुभयो ।
उहाले नगरपालिका संग समन्वय गरी फोहर ब्यवस्थापन सम्बन्धी धेरै कार्य गर्न खोजेपनि नगरपालिकाले यस विषयमा खासै चासो नदिएको बताउनुभयो । घरभान्साबाट निस्कले फोहरलाई सदुपयोग गर्न जान्नेहो भने विषादीयुक्त तरकारी खानुनपर्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा किर्डाक नेपालका कार्यक्रम संयोजक श्री भण्डारीले बोल्दै फोरमैला ब्यवस्थापनका साथै सरसफाइमा सचेत रहन सबैमा आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा उपस्थितसबैलाई वातावरणमैत्री झोला वितरण गरिएको थियो ।
कार्यक्रममा सरसफाइ अभियान्ता तथा खानेपानी तथा सरसफाइ संयोजक थानेश्वर अधिकारीले कपिलवस्तुमा सरसफाइको अवस्था, पूर्ण सरसफाइका चुनौती लगाएतका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाले देशलाइनै सरसफाइको ज्ञानदिने कपिलवस्तुको नमूना पञ्च आधरभूत विद्यालय भएपनि कपिलवस्तुकै कारण प्रदेश ५ खूला दिसामूक्त घोषणा हुन नसक्नु दुखद भएको बताउनुभयो । पानीका कारण मात्रै ८० प्रशित रोग लाग्ने भन्दै उहाले सरसफाइमा विशेष ध्यानदिए विभिन्न खालका रोगहरुबाट बच्न सकिने बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य निशा विश्वकर्माले फोहरमैला ब्यवस्थापनमा मिडियाको भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाले फोहरमैला लगाएतको विषयमा पनि पत्रकारको कलम केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम क्रियासिल पत्रकार महिला (डब्लडब्लजे) कपिलवस्तुका अध्यक्ष गीता पौडेलको अध्यक्षता, जिल्ला सदस्य सरस्वती पौडेलको स्वागत मन्तब्य र सचिव दिपा महतको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षकशिक्षिका, सहकारीका प्रतिनिधी, पत्रकार लगाएत ३५ जनाको सहभागिता रहेको थियो ।
२१ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया