मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका आर्थिक बर्ष २०७६÷०७७ को बजेटको तयारीमा जुटेको छ । नगरपालिकामा मंगलबार सम्पन्न भएको कार्यपालिकाको वैठकले आगामी असार १० गते बजेट पेश गर्ने र २५ गते नीति कार्यक्रम तथा बजेट स्विकृत गर्ने गरी तयारी सुरु गरेको हो ।
त्यसको लागि मंगलबार कार्यपालिकाको बैठक बसी बिभिन्न निर्णय गरिएको छ । नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा बसेको बैठकले असार २५ गते नीति कार्यक्रम तथा बजेट स्विकृत गर्ने गरी योजना बनाएको हो ।
जस अनुसार जेठ २८ सबै वडाका टोल विकास समिति र बस्ती स्तरमा अभिमुखीकरण गर्ने, असार २ गतेसम्म वडा भेलाहरु सम्पन्न गर्ने, असार ५ गतेसम्म नगरका बिषयगत समितिमा छलफल गर्ने, असार ६ गते बार्षिक कार्यक्रमको लागि सुझाव संकलन गर्ने, असार ९ गते नीति तथा कार्यक्रमको अन्तिम तयारी गरी कार्यपालिकाद्धारा पारित गर्ने, असार १० गते नीति कार्यक्रम पेश गर्ने र असार २० गते नगर सभाबाट पारित गर्ने तयारी सुरु गरिएको प्रवक्ता बिष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै गरी मंगलबार बसेको कार्यपालिकाको बैठकले बजेटको लागि वडालाई सिलिङ दिने काम पनि गरेको छ । कार्यपालिकाको निर्णय अनुसार ११ वडालाई ११ करोड बजेट सिलिङ गरेको छ ।
प्रत्येक वडालाई जनसंख्या भौगोलिक विकटता, आन्तरिक आय संकलनमा वडाको योगदानको आधारमा प्रत्येक वडालाई वडागत सिलिङ तोकेको हो । यसरी बजेट माग गर्दा न्यूनतम ५० लाखभन्दा बढी हरेक वडाले सिलिङ पाएका छन् ।
जस अनुसार वडा नम्बर १ ले ८५ लाख आठ हजार, वडा नम्बर २ ले १ करोड ६ लाख ५६ हजार, वडा नम्बर ३ ले ८८ लाख ७९ हजार, वडा नम्बर ४ ले १ करोड २६ हजार, वडा नम्बर ५ लाई ८९ लाख ८७ हजार, वडा नम्बर ६ लाई ८१ लाख ६५ हजार, वडा नम्बर ७ लाई ९२ लाख ४८ हजार, वडा नम्बर ८ लाई करोड १५ लाख १५ हजार, वडा नम्बर ९ लाई करोड १२ लाख ४४ हजार, वडा नम्बर १० लाई १ करोड १८ लाख ३४ हजार र वडा नम्बर ११ लाई १ करोड ९ लाख ३२ हजार सिलिङ गरेको हो ।
यस्तै बैठकले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत नगरपालिकालाई प्राप्त भएको ८७ लाख बजेबाट ११ वडालाई ५ लाखको दरले ५५ लाख बिनियोजन गरिएको छ । बाँकी बजेट अर्को बैठकबाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताउनु भयो ।
२१ जेष्ठ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया